यी दुई पाकिस्तानीले दिन सक्छन् विश्वकपमा भारतलाई चुनौती
टी २० विश्वकप सुरु भइसकेको छ र आइतबार भारत तथा पाकिस्तानबीच बहुप्रतीक्षित भिडन्त हुँदैछ । यी दुवै टोलीले एक–एकपटक टी–२० विश्वकप जितिसकेका छन् । तर, विश्वकपमा पाकिस्तानले कहिल्यै पनि भारतलाई हराउन सकेको छैन । दुई टोलीबीचका ५ भिडन्तमा पाँचवटैमा भारत विजयी भएको छ ।
त्यही कारण यसपटक पनि भारत नै विजयी हुने अनुमान धेरैको छ । तर, पाकिस्तानसँग केही त्यस्ता खेलाडी छन्, जसले इतिहास बदल्नसक्छन् । अर्थात्, पाकिस्तानलाई विश्वकपमा भारतविरुद्ध पहिलो जित दिलाउन सक्छन् । विशेषगरी, यसपटक बाबर आजम र मोहम्मद रिजवानको जोडीसँग पाकिस्तानी समर्थकहरूलाई धेरै आशा छ । यी दुईले आफ्नो टोलीलाई जित दिलाउने क्रममा धेरै म्याचमा निर्णायक साझेदारी गरेका छन् ।
यी दुवै खेलाडीहरूले आपसी साझेदारीमा टी–२० क्रिकेटमा ५७ को औसतमा ७ सय ३६ रन बनाएका छन् । यस क्रममा दुवैले तीनपटक शतकीय र दुईपटक अर्धशतकीय साझेदारी गरेका छन् । एकपटक त उनीहरूले १ सय ९७ रनको साझेदारी गरे । त्यसैकारण उनीहरूप्रति पाकिस्तानको ठुलो आशा छ । यता, भारतबाट शिखर धवन र पृथ्वी शको जोडीले अहिलेसम्म साझेदारीमा ७ सय १२ रन बनाएको छ । त्यसैगरी लोकेश राहुल र मयंक अग्रवालले मिलेर ६ सयभन्दा धेरै रन बनाएका छन् । तर, यसपटक मयंक अग्रवाल भारतीय टिमको हिस्सा छैनन् ।
रिजवानका नाममा यस वर्षकै सर्वाधिक रन
भारतले खेल जित्ने हो भने पाकिस्तानका यी दुई ओपनर (रिजवान र आजम) लाई छिट्टै आउट गर्नुपर्नेछ । बाबर आजमले लामो समयदेखि निकै उत्कृष्ट ब्याटिङ गरिरहेका छन् र पाकिस्तानलाई धेरै खेलहरु जिताएका छन् । यस वर्ष रिजवानको प्रदर्शन पनि शानदार रहेको छ । जसकारण, पाकिस्तानको ब्याटिङमा केही स्थिरता देखिएको छ । रिजवान यस वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन् । उनले वर्ष २०२१ मा १७ खेलमा ७ सय ५२ रन बनाए । यस क्रममा उनको औसत ९४ रनको रह्यो । सर्वाधिक रन बनाउनेको सुचीमा बाबर दोस्रो स्थानमा छन् । उनले १७ खेलमा ५ सय २३ रन बनाएका छन् । त्यही कारण यी खेलाडीहरू भारतका लागि घातक साबित हुनसक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’