मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रिजमान नायक र भिलेन दुवै बन्दा एथ्लेटिको लिभरपुलसँग पराजित

बुधबार, ०३ कात्तिक २०७८, ०९ : ३५
बुधबार, ०३ कात्तिक २०७८

मोहमद शलाहले उत्कृष्ट फर्म जारी राख्दा लिभरपुलले च्याम्पियन्स लिगमा एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित एथ्लेटिकोलाई उसैको घरेलु मैदानमा लिभरपुलले ३–२ गोलले पराजित गरेको हो । योसँगै प्रतियोगितामा लिभरपुलले शतप्रतिशत नतिजा कायम राख्न सफल भएको छ ।

निकै रोमाञ्चक बनेको खेलको सुरुवातमा नै शलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । लगत्तै नाबी किएटाले लिभरपुलको अग्रता दोब्बर बनाए । तर, एन्टोनियो ग्रिजमानले पहिलो हाफमा दुई गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । तर, दोस्रो हाफमा फ्रान्सका फरवार्डले रातो कार्ड खाएपछि एथ्लेटिको १० खेलाडीमा सिमित हुन पुग्यो ।

त्यसपछि मारियो हर्मोसोले डिओगो जोटालाई फल हान्दा लिभरपुलले पेनाल्टी पायो जसलाई शलाहले सजिलै गोलमा परिणत गरे । योसँगै शलाह लिभरपुलका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । स्टिभन जेरार्डलाई उछिन्दै उनले ३१ गोल गरेका छन् । त्यसपछि भने कुनै गोल हुनसकेन र खेल लिभरपुलले आफ्नो पक्षमा पार्न सफल रह्यो । यसबाट रुष्ट बनेका एथ्लेटिकोका म्यानेजर डिएगो सिमिओनीले आफ्ना समकक्षीसँग हात पनि नमिलाई डगआउट तर्फ हानिएका थिए ।

योर्गन क्लपको टोली पछिल्ला २१ खेलमा अपराजित रहेको छ । तीन खेलबाट ९ अंक बटुल्दै समूह बीको शीर्ष स्थानमा रहेको छ । एथ्लेटिको ४ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको पोर्टोले मंगलबार नै एसी मिलानलाई १–० गोलले हरायो । मिलान हालसम्म अंकविहीन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप