मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुग्यो
बुधबार, ०३ कात्तिक २०७८, ०८ : ३४
सुर्खेत । मुगु बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बस दुर्घटनामा परी घाइते भएका मुगुको छाँयानाथ रारा नगरपालिका – १४ बाम बस्ने अंग बहादुरका छोरा वर्ष २७ को दन्त बुढा उपचारको क्रममा मृत्यु भएको हो ।
कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गत असोज २६ गते मुगुको बस दुर्घटनामा हुँदा ३२ जनाको मृत्यु भएको थियो । २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने