सीटीईभीटीलाई गाउँ-गाउँमा लैजानुपर्छ : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन् । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्ने बताए ।
उनले भने, ‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको हो । जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुलक दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने उनको भनाई थियो । देशभर ६१ आंगिक प्राविधिक शिक्षालय भएको बताउँदै आवश्यकताका आधारमा सम्बन्धन दिन समस्या नहुने विषयलाई मन्त्री पौडेलले प्रष्टाए ।
उनले भने, ‘जनतासँग जोडिएको विषय भएकाले यसलाई उत्पादनसँग जोड्दै जनपक्षीय बनाउनु पर्छ ।’ सीटीईभीटीका कर्मचारीले कर्मचारी दरबन्दीको समस्या, अदालतमा परेको मुद्दाका विषयमा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेखुमा फेरी पहिरो, रातको समयमा मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न प्रहरीको आग्रह
-
दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
-
ट्राफिक अपडेट : यस्तो छ देशभरका सडकको अवस्था
-
बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुग्यो
-
मनसुनजन्य विपद् : राहत प्रभावकारी बनाउन गृह मन्त्रालयले खटायो ८ जना सहसचिव
-
सिधाकुरा प्रकरण : सर्वोच्चको फैसलाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई फरक पार्छ ?