बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन
मङ्गलबार, ०२ कात्तिक २०७८, २२ : ३२
बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको हो ।
निर्देशनमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले उप बुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ ।
निर्देशनमा मुद्दतीमा प्रदान गर्ने ब्याजदरमा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशत मात्रै परिवर्तन गर्न पाइने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण