बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन
मङ्गलबार, ०२ कात्तिक २०७८, २२ : ३२

बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको हो ।
निर्देशनमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले उप बुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ ।
निर्देशनमा मुद्दतीमा प्रदान गर्ने ब्याजदरमा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशत मात्रै परिवर्तन गर्न पाइने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छयानब्बे वर्षमा नागरिकता, अहिले पनि बारीमा काम गर्ने जाँगर
-
आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
-
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना