बाढी प्रभावित क्षेत्रमा पुगेर साउद भने– तत्काल उद्धार र राहतको प्रबन्ध गर्नु
सत्तारूढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कञ्चनपुरस्थित महाकालीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आएपछि त्यहाँको वस्तुस्थिति बुझ्न साउद प्रभावित क्षेत्रमा पुगेका हुन् ।
महाकाली नदीमा पानीको वहाव उच्च हुँदा आएको बाढीका कारण महाकालीको भुजेला क्षेत्र सबैभन्दा बढी प्रभावित भएको साउदले रातोपाटीलाई बताए । उक्त क्षेत्रमा पुगेर आफूले बाढीको जोखिममा भएका स्थानीयलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको बताए ।
स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रशासन र सरोकारवालाहरूलाई तत्काल उद्धार र राहतमा खटिन समेत उनले आग्रह गरे । बेमौसमी वर्षाका कारण आएको बाढीले किसानहरुको धानबाली नस्ट गरेको उनको भनाइ छ । जीवन कसरी जोगाउने र वर्षभरि के खाने भन्ने चिन्ता बढेको साउदले बताए ।
तत्काल सरकारले यसको लगत संकलन गर्दै क्षतिपूर्ति दिनुपर्ने उनको माग छ । उनले यसका लागि आफूले पहल गर्नेसमेत बताएका छन्। उनले स्थानीयलाई सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा