पहिरोमा परेर युवकको मृत्यु

घरमाथिबाट आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरोमा पुरिएर अवस्थीको ज्यान गएको हो । जिल्लामा फोन नेटवर्क र विद्युत्समेत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।
यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र तटीय क्षेत्रहरुमा निरन्तरको वर्षाका कारण बाढी पनि बढेकाले उच्च जोखिम रहेको हुँदा सतर्कता अपनाउन सबैलाई जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।
वर्षा अन्य वर्षको तुलनामा धेरै भइरहेको छ, जोखिम पनि त्यतिकै छ, बाढी पहिरोबाट हुन सक्ने क्षति रोक्न आफैं चनाखो भई सचेत रहन आग्रह गरिएको प्रजिअ मोहनराज जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ