शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा परेर युवकको मृत्यु

मङ्गलबार, ०२ कात्तिक २०७८, १५ : ४१
मङ्गलबार, ०२ कात्तिक २०७८

घरमाथिबाट आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरोमा पुरिएर अवस्थीको ज्यान गएको हो  । जिल्लामा फोन नेटवर्क र विद्युत्समेत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।

यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र तटीय क्षेत्रहरुमा निरन्तरको वर्षाका कारण बाढी पनि बढेकाले उच्च जोखिम रहेको हुँदा सतर्कता अपनाउन सबैलाई जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ । 

वर्षा अन्य वर्षको तुलनामा धेरै भइरहेको छ, जोखिम पनि त्यतिकै छ, बाढी पहिरोबाट हुन सक्ने क्षति रोक्न आफैं चनाखो भई सचेत रहन आग्रह गरिएको प्रजिअ मोहनराज जोशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप