स्कटल्यान्डमा देउवा र मोदीबीच भेट हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बेलायतको पहिलो भ्रमण गर्दैछन् । त्यहाँ उनको भारतीय समकक्षीसँग छुट्टै भेटघाट हुने स्रोतले जनाएको छ ।
कात्तिक १५–१६ गते ग्रेट ब्रिटेन अन्तर्गतको स्कटल्याण्डको सिटी ग्लास्ग्वोमा हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा त्यता जान लागेका हुन् । देउवाले पहिलो भ्रमण बेलायतबाट गर्न थालेपछि त्यसको चर्चा चुलिएको छ । यसअघि नियुक्त भएलगत्तै नेपालका प्रधानमन्त्रीहरुले भारतको पहिलो भ्रमण गर्ने गरेका थिए ।
नेपालस्थित भारतीय दूतावासका एक पदाधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँगको भेटघाटका लागि समय तालिका तय भइरहेको छ । प्रधानमन्त्री देउवाको तर्फबाट नै स्कटल्यान्डमा मोदीसँग भेट्ने प्रस्ताव राखिएपछि दिल्ली त्यसमा सकारात्मक रहेको र त्यसको तयारीमा लागेको श्रोतको भनाई छ ।
यसअघि भारतीय जनता पार्टीको निमन्त्रणामा काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतको नेतृत्वको एक टोलीले भारत भ्रमण गरेको थियो । सो टोलीको भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा चर्चा भएपनि उताबाट खासै चासो नदेखाएको स्रोतको दावी छ । भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निमन्त्रणा पठाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा