शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डुबान प्रभावित किसानलाई राहत उपलब्ध गराउन आयोगको आग्रह

मङ्गलबार, ०२ कात्तिक २०७८, १४ : ३८
मङ्गलबार, ०२ कात्तिक २०७८

राष्ट्रिय किसान आयोगले बाढी र डुबानबाट प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम अबिलम्ब घोषणा गर्न सरकारसमक्ष आग्रह गरेको छ । आयोगले वर्षा, बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका अल्पकालीन र दीर्घकालीन प्याकेजका कार्यक्रम ल्याउन सरकारसमक्ष आग्रह गरेको हो ।

धान थन्क्याउने समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षापछि आएको बाढी र डुबानबाट धानबाली नष्ट हुनुले मुलुकको अर्थतन्त्रमा समेत क्षति पुगेको आयोगको ठहर छ । केही दिनयता मुलुकका अधिकांश स्थानमा परेको अबिरल वर्षापछि आएको बाढी र डुबानले धानबाली नष्ट पारेपछि किसानहरू चिन्तित छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप