बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा बढ्यो सार्वजनिक यातायातको भाडा

मङ्गलबार, ०२ कात्तिक २०७८, १३ : १३
मङ्गलबार, ०२ कात्तिक २०७८

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडादर बढेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते गरेको निर्णयअनुसार उपत्यकाका सार्वजनिक यातायातले भाडा बढाएका हुन् ।
बढेको भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले चढ्ने वित्तिक्कै १८ रुपैयाँ भाडा बुझाउनुपर्नेछ । यस्तै, काठमाडौं उपत्यकाका यात्रुले बढीमा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ ।

यस्तो छ उपत्यकाको भाडादर

यसका साथै, प्रदेश सरकारले बागमती भित्र (उपत्यकामा चल्ने बाहेक) चल्ने यात्रुबाहक सवारी साधनको हकमा २३ प्रतिशत भाडा बढाएको छ । संघीय सरकारले असार २७ गते राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनको भाडादर २८ प्रतिशतसम्म बढाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप