बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लिंगेपिङको संस्कृति जोगाउन बन्यो गीत ‘च च हुई’

मङ्गलबार, ०२ कात्तिक २०७८, १२ : १३
मङ्गलबार, ०२ कात्तिक २०७८

बुटवलको ब्याण्ड ‘अमेध्यं’ ले दसैं र तिहार गीत ‘च च हुई’ ल्याएको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले समुदायबाट हराउँदै गएको लिंगे पिङ संस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड गीतमा दिइएको छ । गीतमा सुजल रानाको स्वर, ओम शंकर श्रेष्ठको शब्द छ ।

भिडियोमा सुजल राना, विजय विश्वकर्मा, भिवास थापामगर, सिओन जिओन, विकास रेग्मी, आनन्द खड्का, विमा थापामगर, अञ्जिला क्षेत्री, ममता पुन मगर, थानी राना मगर, सब्रिना क्षेत्री, सुशान्त पाण्डे, मधुकला कुँवर, वर्षा पन्थी, दीपक पन्थी, रमा केसी, ममता केसी, रामु रावल, चित्रबहादुर झेडी, किशोर सारु, तिलवीर खाम्चा र मन्दकुमारी खाम्चाको अभिनय छ ।

बालकलाकारहरु अमृत राना, अमन खाम्चा, स्मृति खाम्चा, रश्मी खाम्चा, सुप्रिया राना, गीता राना, सबिन राना, हिमाल खाम्चा, अनुष्का राना, मौसम रानालगायतको पनि अभिनय रहेको भिडियोमा आनन्द खड्का र बिमा थापा मगरको कोरियोग्राफी छ ।

भिडियोमा आकाश धिमालको छायाँकन र सम्पादन तथा आकाश धिमाल र रमेश रिजालको निर्देशन छ । व्याण्डका संस्थापक अशोक थापाले व्याण्डले १९७४ एडी, अलबर्टोस, मंगोलियन हार्ट, मन्त्र, सबिन राई, द एज व्याण्डलगायतसँग स्टेज सहकार्य गरिसकेका छन् । 

२०१६ सालमा स्थापना भएको यो ब्याण्डले परम्परादेखि चल्दै आएको लिंगे पिङ संस्कृतिलाई जोगाइरहनुपर्ने सन्देश दिन गीत बनाएको गायक थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप