मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री नर्भिकमा
मङ्गलबार, ०२ कात्तिक २०७८, ११ : ०५
नर्भिक अस्पतालमा उपचार गराइरहेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाण अस्पतालमा पुगेका छन् । मंगलबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल गएर खाणले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अस्पतालमा वैद्यलाई भेटेर उनले सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन् ।
लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचारबारे मन्त्री खाणले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका छन् । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको मन्त्री खाणले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म