मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

भारतीय मिडिया : चिनियाँ सेनासँग लड्न भारतीय सेनालाई त्रिशूल र बज्र

मङ्गलबार, ०२ कात्तिक २०७८, १० : ३२
मङ्गलबार, ०२ कात्तिक २०७८

लद्दाखको गलवान घाटीमा जस्तै चिनियाँ सैनिक र भारतीय सेनाबीच फेरि झडप भए अब भारतीय सैनिक हाबी हुने भन्दै भारतीय मिडियाहरूले सामाचार प्रकाशित गरेका छन् । नोयडाको एक कम्पनीले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चिनियाँ सैनिकहरूसँग भिड्नका लागि कम घातक तर खतरनाक हतियार बनाएको भारतीय मिडियाहरूले दाबी गर्दै उक्त हतियारले चिनियाँ सैनिकलाई कडा जवाफ दिने बताएका छन् । 

गत वर्ष चिनियाँ सेना र भारतीय सेनाबीच गलवान घाटी भएको भिडन्तमा भारतका कम्तिमा २० जना सैनिकको मृत्यु भएको थियो । त्यसपछि सुरक्षाबलले नोयडाको एपेस्टेरन प्रालिसँग ती हतियार बनाउन अर्डर दिएको थियो । कम्पनीका चिफ टेक्नोलोजी अफिसर मोहित कुमारले एएनआईसँग कुराकानी गर्दै गलवान भिडन्तपछि सुरक्षाबलले हल्का र कम घातक हतियार बनाउन भनेको जानकारी दिए । त्यसपछि कम्पनीले भगवान शिवको त्रिशूलजस्तै एक हतियार बनाएको थियो ।

कुमारले पारम्परिक हतियारबाट प्ररेणा लिएर ‘बज्र’ नामक अर्को हतियार पनि बनाएको बताए । यस हतियारमा फलामको काँडाहरु रहेका छन् । यसले बुलेटप्रुफ गाडीलाई पञ्चरसमेत गर्न सकिने उनको भनाइ छ । यस हतियारबाट प्रतिद्वन्द्वीलाई करेन्टको झट्का पनि दिन सकिने कम्पनीको भनाइ छ ।

दैनिक भास्कार 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप