टी–२० विश्वकप : क्याम्फरले लिए चार बलमा चार विकेट

कर्टिस क्याम्फरले चार बलमा चार विकेट लिएपछि टी–२० विश्वकपको क्वालिफायरमा आयरल्याण्डले नेदरल्याण्डलाई सात विकेटले पराजित गरेको छ । ५१ रनमा २ विकेटको क्षतिमा रहेको नेदरल्याण्डलाई तीव्र गतिका बलरले घातक बलिङ गर्दै १० औँ ओभरमा ५१ रनमा ६ विकेटको स्थितिमा पुर्याएका थिए ।
अबुधाबी भएको खेलमा नेदरल्याण्ड १०६ रनमा सीमित बनेको थियो । क्याम्फर टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ बलमा चार विकेट लिने मात्र तेस्रो खेलाडी हुन् । त्यसपछि ब्याटिङमा उनले नै विजयी रन हिर्काउँदै टोलीलाई ४.५ ओभरअघि नै जीत दिलाए । आयरल्याण्डलाई जीत दिलाउन गेराथ डिलेनीले सर्वाधिक ४४ रन बनाए भने पाउल स्टिर्लिङले ३० को योगदान दिए ।
सोमबार नै श्रीलंकाले नामिबियलाई ७ विकेटले हराउँदै समूह ए मा नेट रन रेटको आधारमा शीर्ष स्थानमा उक्लिएको छ । महिस थिकसानाले ३ तथा लाहिरु कुमारा र वाइन्डु हसरंगाले २–२ विकेट लिएपछि नामिबिया १९.३ ओभरमा ९६ रनमा समेटिएको थियो ।
जवाफमा ब्याटिङमा उत्रेको श्रीलंकाले उक्त लक्ष्य १३.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । श्रीलंकाका लागि भानुका राजापाक्षले सर्वाधिक ४२ तथा अभिष्का फर्नान्डोले ३० रनको योगदान दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म