पूर्व अर्थसचिव भन्छन्, ‘माओवादी पार्टी कति वर्षमा सकिएला ? नाटक अलि लामै भयो’

नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले माओवादी नै देश विकासको बाधक भएको बताउँदै पार्टीको बन्धनबाट देश मुक्त हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’
तत्कालीन माओवादी पार्टीबाटै प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकारसमेत बनेका खनालले नेपाली काँग्रेसले माओवादीसँग हात मिलाउनु ऐतिहासिक गल्ती भएको पनि जिकिर गरेका छन् । ‘नेपालमा रोकिएको विकासका लागि माओवादी सिद्धान्तको अन्त्य आवश्यक छ,’ पछि बाबुरामकै नयाँ शक्ति पार्टीमा समेत आबद्ध भएका खनालको भनाइ छ । उनले बडा दसैँ २०७८ को शुभकामना भन्दै आगामी चुनावमा कसैलाई पनि माओवादी पार्टी मत दिने अवस्था उत्पन्न नहोस् भन्दै सो बन्धनबाट मुक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।
उनले थप लेखेका छन्, 'राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक भित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
हङकङका अर्बपतिले पानामा नहरको बन्दरगाह अमेरिकी कम्पनीलाई बिक्री गर्ने
-
लक्ष्यअनुसार धान किन्न खाद्य कम्पनी असफल
-
हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद
-
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो
-
फोहर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर