बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिदीबहिनीको सामूहिक बलात्कार

मङ्गलबार, ०२ कात्तिक २०७८, ०७ : ४२
मङ्गलबार, ०२ कात्तिक २०७८

राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।

प्रहरीका अनुसार बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो । चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए । आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् । त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जनाले पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप