मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

सोमबार, ०१ कात्तिक २०७८, २१ : २३
सोमबार, ०१ कात्तिक २०७८

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । 

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरूबीच बाटोमै अलपत्र परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप