मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोनाका सक्रिय सङ्क्रमित ०.५६ प्रतिशत

सोमबार, ०१ कात्तिक २०७८, २० : ४३
सोमबार, ०१ कात्तिक २०७८

पछिल्लो एकदिनमा भारतमा १९ हजार ५८२ जना कोरोना सङ्क्रमित यस रोगबाट मुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको कूल संख्या ०.५६ प्रतिशत मात्र रहेको भारतको परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयले सोमबार दिएको रिपोर्टअनुसार हाल कोरोनाबाट निको भएकाहरु कूल कोरोना सङ्क्रमितको ९८.१२ प्रतिशत रहेका छन् । यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाएको छ । 

भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४० लाख ८० हजार भन्दा बढी पुगेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८९ हजार  पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२१ दिन यताको सबैभन्दा कम भएको समाचारमा जनाइएको छ । 

यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार ९३१ जनाको सो भाइरसका कारण मृत्यु भएको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप