शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नदीमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार

सोमबार, ०१ कात्तिक २०७८, १९ : ५५
सोमबार, ०१ कात्तिक २०७८

कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटिई सकुशल उद्धार गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप