बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घट्न थाल्यो तरकारीको भाउ

सोमबार, ०१ कात्तिक २०७८, १९ : ५२
सोमबार, ०१ कात्तिक २०७८

दसैँ सुरु हुँदा आकासिएको तरकारी तथा फलफूलको भाउ बिस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो । दसैँको समयमा खास गरी गोलभेँडा, काँक्रो, काउली लगायतका केही बस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु प्याज लगायतको मूल्य सामान्य बढेको थियो । दसैँको समयमा फलफूलको मूल्य पनि अत्यधिक महँगो भएको उपभोक्ताहरूले गुनासो थियो । तर, दसैँ सकिएसँगै तरकारी तथा फलफूलको मूल्य बिस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए। उनले माग सामान्य हुँदै गएकोले मूल्य पनि बिस्तारै सामान्यीकरण हुँदै गएको कारण मूल्य घट्ने क्रम जारी रहेको बताए । मोलभेडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य आजबाटै घटिसकेको पनि उनले बताए ।

समितिका उपनिर्देशक श्रेष्ठले यसवर्ष बढी वर्षा भएको कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दावी गरे । यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दसैँको समयमा मूल्य बढेको बताउनुभयो । दसैँको बेला काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठ सय टनसम्म समान भित्रिएको थियो । अष्टमीको दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाई छ । दसैँ, तिहार लगायतको चाडपर्वको बेला व्यापारीहरूले हरेको सामानको अत्यधिक वृद्धि गर्ने गरेको छन् । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चाडपर्वको बेला अनुगमनलाई तीव्रता दिने गरे पनि व्यापारीहरूले भने हरेक वर्ष हरेक सामान्यको मूल्य अत्यधिक वृद्धि गर्ने गरेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप