युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रोहितको ‘नेप्टे’
दयाहाङ राई र रोहित रुम्बाको मुख्य भूमिका रहेको फिल्म ‘नेप्टे’ ले सार्वजनिक प्रदर्शनमा राम्रो दर्शक नपाए पनि युट्युबमा भने राम्रो भ्युज पाउन सफल भएको छ । दसैँको अवसर पारेर ११ अगष्टमा युट्युबबाट सार्वजनिक फिल्म केही दिनयता लगातार युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । समाचार तयार गर्दासम्म करिब १६ लाख बढी दर्शक पाएको फिल्मले ३५ हजार लाइक र १६ सय डिसलाइक पाएको छ । हेर्नेले फिल्मलाई सकारात्मक प्रतिक्रिया नै दिएका छन् ।
आर. रोशनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको ‘नेप्टे’मा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका छ । अभिनेतासमेत रहेका रोहित रुम्बाकै लगानीमा बनेको फिल्मलाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । अभिनेता दयाहाङ राईले यस फिल्म मार्फत पहिला पटक खलनायकको अभिनय पस्किएका छन् ।
रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो