बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्युजिक भिडियोमा बोल्ड साम्राज्ञी

सोमबार, ०१ कात्तिक २०७८, १९ : ३८
सोमबार, ०१ कात्तिक २०७८

काठमाडौँ । पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा धमाधम देखिन थालेकी छन् । केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ । दसैँको अवसर पारेर सार्वजनिक भिडियोमा साम्राज्ञीको बोल्ड अन्दाज देख्न सकिन्छ ।

प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका हुन् । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीलाई अभिनयमा जोडीको रूपमा साथ विवेक खड्काले दिएका छन् । ​इन्डोर दृश्यले प्राथमिकता पाएको भिडियो सुशन मगरको छायाँकन, प्रवीण श्रेष्ठको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप