मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामा, थप ९ जनाको मृत्यु

सोमबार, ०१ कात्तिक २०७८, १८ : ३५
सोमबार, ०१ कात्तिक २०७८

नेपालमा देशभर ५९१ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ६९७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५२३ जना तथा एन्टिजेन विधिबाट ६८ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै २०३ जना काठमाडौँ, ४१ जना ललितपुर र ३० जना भक्तपुरका रहेका छन् । 

यही अवधिमा थप ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.१ प्रतिशत रहेको छ । यही अवधिमा थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ११ हजार २९३ जनाको मृत्यु भइसकेको छ ।

योसँगै देशभर हाल ११ हजार ८७४ जना सक्रिय संक्रमित पुगेका छन् । यसमध्ये १० हजार ८४७ जना होमआइसोलेसनमा, २ सय ८० जना सघन उपचार कक्षमा र ९९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २७ हजार ७०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप