शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरको संलग्नतामा भएको घटनाको छानबिन गर्न सरिता गिरीको माग

सोमबार, ०१ कात्तिक २०७८, १४ : २५
सोमबार, ०१ कात्तिक २०७८

मधेस विकास फोरमकी संयोजक सरिता गिरीले गत भदौ ३० र असोज १२ गते सिराहा लहान नगरपालिकाका मेयरको संलग्नतामा नयाँबजार हटियामा भएको घटनाको छानबिन गर्न माग गरेकी छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै गिरीले उच्च अदालत, राजविराजको आदेशको अवहेलना गर्दै भाद्र ३० गते र आश्विन १२ गते लहान नगरपालिकाका मेयर मुनी साहले लहानको नयाँबजार हटियामा गराएको कुटपिट, तोडफोडको छानबिन गर्न गृहमन्त्रीसँग माग गरेकी हुन् । ‘म समेत केही व्यक्तिको ज्यान लिने गरी गराइएको साङ्घातिक हमलाको  सम्पूर्ण घटनाको जिम्मेवारी मेयर मुनी साह र सीडीओ प्रदीपराज कँडेलले लिनु पर्दछ र अदालतबाट मुद्दाको फैसला नआउँदासम्म आफनो कार्यभारको जिम्मा  अरुलाई दिनु पर्ने माग गर्दछौँ’, गिरीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । लहानमा बजार व्यवस्थापनबारे विवाद हुँदा झडप भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप