प्रदेश सभासदस्यद्वारा दसैँ भत्ता दलितलाई सहयोग
सोमबार, ०१ कात्तिक २०७८, १४ : १६
डोल्पा जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको दसैँ खर्चको रकम आफ्नो निर्वाचन क्षेत्रको कुनै विद्यालय छनोट गरेर दलित बालबालिकाको हितमा खर्च गर्ने उनले घोषणा गरेका हुन् ।
डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय आर्थिक तथा शैक्षिक दृष्टिकोणले पछि परेकाले थोरै भए पनि शैक्षिक सामाग्री जुटाउन सहज होस् भनेर सहयोग गर्न लागेको शाहीको भनाइ छ । अघिल्लो बर्षको दसैँ भत्ता पनि दलित बालबालिका अध्ययन गर्ने मुड्केचुला वडा नं ८ मा रहेको एक आधारभूत विद्यालयलाई उनले सहयोग गरेका थिए । जनताको प्रतिनिधि भएकाले तिनको सुख दुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको शाही बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’