शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० मिनेटको अन्तरमा सिन्धुपाल्चोकमा दुई पटक भूकम्प

सोमबार, ०१ कात्तिक २०७८, १४ : ०२
सोमबार, ०१ कात्तिक २०७८

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुईवटाभूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप