शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक

सोमबार, ०१ कात्तिक २०७८, १३ : १८
सोमबार, ०१ कात्तिक २०७८

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । 

उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्दछ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि  लिन सक्नेछन् । १५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ । यस योजनामा कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई  बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीको भनाइ छ ।  

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ । यो योजना संगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप