मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सोमबार दिउँसो प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । महासचिव वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए । दम रोगबाट पीडित उनलाई समस्या दोहोरिएको बताइएको छ ।
प्रचण्ड नर्भिक अस्पतालमा करिब २० मिनेट बसेका थिए । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए । आइतबार बिहान नर्भिक भर्ना हुनुभएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु
-
दीपिकाले पूरा गरिन् कल्कि २८९८ एडीको डबिङ
-
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री
-
करेन्ट लागेर एकै दिन चार जनाको मृत्यु
-
टर्कीमा युएनको भवन निर्माणमा रोजगारी दिलाउँछु भनेर ४ करोड ठग्ने पक्राउ
-
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रदेशसभा बैठक सुरु, कांग्रेस अनुपस्थित