नुवाकोटको किस्पाङमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते
सोमबार, ०१ कात्तिक २०७८, ११ : ५०
नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।
काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित