शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यसपालिको दसैँको टिको रोकियो

सोमबार, ०१ कात्तिक २०७८, १० : १७
सोमबार, ०१ कात्तिक २०७८

हुनत: दसैँ भन्ने कुरा फिल्म जस्तो हिट हुने र फ्लप हुने कुरा हैन
तैपनि, यसपालिको दसैँ त साह्रै फ्लप भो
यस वर्षको चरित्र अभिनेत्री नै बनिन भाउजू
पचास वर्ष अघि छोडेको धम्पुस गाउँ कि भाउजूले
स्वर्ग जाने टिकट काटेकीले उनको जिब्रो टोकियो 
यसपालिको दसैँको टिको रोकियो

सन्तानले डाँडाकाँडा ढाकुन्
अहिलेको पर्सो आघौँको निम्तो
आयु द्रोणसुते श्रीयं दशरथे शत्रु क्षयं राघवे
धम्पुसकी भाउजूले स्वर्ग जाने टिकट काटेकीले
यसपल्टको दसैँमा बुढापाकाहरूको डायलग सुन्न पाइएन
न कसैले भट्टयाउन पायो न कसैको डायलग कानमा ठोकियो

यसपालिको दसैँको टिको रोकियो
टिकोटालो लाउन र डायलग सुन्न पाइएन भन्नेमात्र त हो नी
अरू चिज खान त केही पनि रोकिएन
दसैँका पात्रहरू खसी कुखुरा र दारुको रिहर्सल रोकिएन
दारुसँगै खसी कुखुराको खुट्टी र छाला टोकियो
यसपालिको दसैँको टिको रोकियो

हुन त सबैको दसैँ एकै हुँदैन
कसैको दसैँ ठिकै ठिकै भयो
कसैको दसैँ भव्य भयो
कसैको दसैँ हिरासत र जेलमा सकियो
चिन्नु न जान्नु, को हुन धम्पुसकी भाउजू
एकातिर स्वास्नी झोक्किई अर्कातिर छोरो झोक्कियो
यसपालिको दसैँको टिको रोकियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप