शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शकिबको कीर्तिमान तर बंगलादेश स्तब्ध

सोमबार, ०१ कात्तिक २०७८, ०९ : २२
सोमबार, ०१ कात्तिक २०७८

शकिब अल हसन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने पनि बंगलादेश स्कटल्याण्डसँग ६ रनले पराजित भएको छ । टी–२० विश्वकपको क्वालिफायरमा स्कटल्याण्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा १४० रन बनाउने क्रममा शकिबले १७ रन खर्चेर २ विकेट लिए । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको यो १०८ औँ विकेट थियो । उनले श्रीलंकाका लसिथ मलिंगाको १०७ विकेटको कीर्तिमानलाई उछिनेका हुन् ।

स्कटल्याण्डका लागि क्रिस ग्रिभेसले सर्वाधिक ४५ रन बनाए भने ओपनर जर्ज मुन्सेले २९ तथा मार्क वाटले २२ रनको योगदान दिए । बंगलादेशका लागि मेहदी हसनले ३ तथा शकिब र मुस्तफिजुर रहमानले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि मुसफिकुर रहिमले सर्वाधिक ३८ रन बनाए भने कप्तान मोहमदुल्लाहले २३ तथा शकिबले २० रन बनाए । ब्राड वाटले ३ विकेट लिए । यसअघि ओमानले पहिलो खेलमा पपुवा न्यू गिनीलाई १० विकेटले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप