बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका
आइतबार, ३१ असोज २०७८, २१ : २९
बेलायतका एकजना सांसदको हत्यामा आतंककारीको हात रहेको अनुमान गरिएको छ । सांसद डेभिड अमेशको शुक्रबार हत्या भएको थियो । एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेर उनको हत्याको गरेको थियो ।
उनको हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उनले नै हत्या गरेको अनुमान गरेको बताइएको छ । तर ती व्यक्तिको परिचय भने खोलिएको छैन । यहाँको प्रहरीले उक्त हत्यामा आतंककारी समुदायका व्यक्तिको हात रहेको जनाएको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ तर पनि अरु कुनै व्यक्तिलाई पक्राउ भने गरेको छैन । आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका बेला ती सांसदको हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी