मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बढी भाडा असुल्ने ५ वटा सुमो प्रहरीको नियन्त्रणमा

आइतबार, ३१ असोज २०७८, १९ : ५१
आइतबार, ३१ असोज २०७८

चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने ५ वटा सार्वजनिक सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । गत असोज ३० र ३१ गते हेटौंडाबाट गन्तव्यतर्फ जान हिँडेका यात्रीसँग तोकिएभन्दा बढी भाडा असुल्ने ५ वटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रहरी निरीक्षक दासका अनुसार यात्रीहरुको गुनासो र चेकजाँचका क्रममा मकवानपुर भएर चल्ने ना१ज १७५२, ना१ज ७४४०, ना१ज २०८८, ना१ज ६४०३ र ना१ज ५०७६ नम्बरको सुमोलाई नियन्त्रणमा लिइएको हो ।

यात्रीहरुलाई विभिन्न स्थानमा पु¥याउने जिम्मेवारी लिएका ती सुमोले सरकारले तोकेको भाडा दरभन्दा दोब्बरसम्म बढी रकम लिएको पाइएको प्रहरीको भनाइ छ । हाल हेटौंडाबाट काठमाडौंसम्मको भाडा ५ सय रुपैयाँ छ । नियन्त्रणमा लिइएका ती सुमोलाई बढी भाडा फिर्ता गराएर ट्राफिक नियम अनुसार जरिवाना तिराउने वा यातायात विभाग पठाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाँडेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप