बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बोक्सी भन्दै भाउजूको हत्या

आइतबार, ३१ असोज २०७८, १९ : १२
आइतबार, ३१ असोज २०७८

महोत्तरीमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले उनको देवरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । भाउजूसँग लेनदेनको समस्या रहेको र घरमा विभिन्न समस्याहरू एक्कासि आएको कारण बोक्सीको आरोपमा तीन महिलाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ३ स्थित मडै बस्ने ४२ वर्षीया शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै उनका देवरले सञ्जय झाले हत्या गरेको महोत्तरी प्रहरीले जनाएको छ । शिलादेवी घरमा सुतिरहेकै अवस्थामा बिहीबार टाउकोमा हथौडा प्रहार गरी उनका देवर झाले हत्या गरेको पुष्टि भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

आरोपित सञ्जय हाल जनकपुरधाम उपमहानगरपालिका २४ स्थित सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका थिए । हत्या गर्नु पूर्व सञ्जय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेका थिए । बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेकै स्थानमा हथौडाले टाउकोमा हानेर हत्या गरी पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

शिलादेवीले दिएको केरा खाँदा सञ्जयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आएर विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठिक नभएकाले उनी बोक्सी नै रहेको भन्दै  सञ्जयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने भन्दै सञ्जयले भाउजूको हत्या गरेको स्वीकार गरेको उनले बताए । शिलादेवीलाई सञ्जयले दिएको १२ लाख ३९ हजार सापटी समेत फिर्ता नदिएको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप