बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आपत्तिजनक अवस्थामा फेला पारेपछि पतिको हत्या, पत्नी र प्रेमी पक्राउ

आइतबार, ३१ असोज २०७८, १८ : ०३
आइतबार, ३१ असोज २०७८

कैलालीमा आफ्नै पतिको हत्या गरेको आरोपमा प्रहरीले पत्नी र उनको प्रेमीलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय विष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको ह । 

रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको हत्या भएको खुल्न आएपछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

अमृता र विष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारी कुटपिट गर्दा विष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटी थिची हत्या गरेको र शव बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप