मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली नदी किनारमा भारतीय नागरिक मृत फेला

आइतबार, ३१ असोज २०७८, १४ : ५२
आइतबार, ३१ असोज २०७८

महाकाली नदी किनारमा आज एक भारतीय नागरिक मृत फेला परेका छन् । मृत्यु हुनेमा भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्रामपञ्चायत पिपलीका ४० वर्षीय सञ्जय ज्याला रहेका छन् । 

ज्यालाको शव बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी किनारमा भेटिएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बिहान ७ बजेतिर स्थानीय बासिन्दाले ज्यालाको शव महाकालीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ ।  शवको  परीक्षण पनि भारतमै गरिने बताइएको छ । 

ज्याला हिजो भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा महाकालीमा बेपत्ता भएको  बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप