धनुषामा घाँटी रेटेर हत्या गरिएका युवकको पहिचान खुल्यो
आइतबार, ३१ असोज २०७८, १४ : २४
धनुषामा घाँटी रेटेर हत्या गरिएका एक युवकको पहिचान खुलेको छ । नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीबाट नवटोली जाने बाटो छेउमा घाँटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको थियो । उक्त शव सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ८ बस्ने सञ्जीव पण्डितको रहेको खुलेको हो .
राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमको लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याएको छ । घटना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा