शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, ३१ असोज २०७८, १४ : १६
आइतबार, ३१ असोज २०७८

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताए । ​ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो ।  दुर्घटना भएको ट्र्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप