शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘देउवा सरकारप्रति भारतको एकदम सद्भाव पाएँ’

देउवा सभापति र म महामन्त्रीको उम्मेदवार हुनेमा शङ्का छैन : महत
आइतबार, ३१ असोज २०७८, १२ : ५१
आइतबार, ३१ असोज २०७८

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति भारतको एकदम सद्भाव रहेको बताएका छन् । काँग्रेसको प्रतिनिधित्व गर्दै भारतको पाँच दिने भ्रमण सकेर सोमबार स्वदेश फर्किएका महतले काठमाडौँ–दिल्लीमा भइरहेको बाहिरी चर्चा भन्दा देउवा सरकारप्रति भारतको बुझाइ फरक रहेको बताए ।

नेपाल–भारतसँग जोडिएका चर्चा र चिन्ताका विषय प्रष्ट ढंगले उठाएको महतको भनाइ छ । भारतबाट फर्केपछि रातोपाटीसँगको अन्तर्वार्तामा महतले भने, ‘देउवा सरकार र नेपाली काँग्रेसलाई भारत सरकार र त्यहाँको सत्तारुढ दलले महत्त्व दिएको मैले महसुस गरेको छु ।’

फरक प्रसंगमा डा. महतले काँग्रेस र राष्ट्रिय राजनीतिमा फेरि पनि देउवाको खाँचो रहेको बताए । साथै उनले काँग्रेसको १४ औँ महाधिवेशनमा देउवा सभापति र आफू महामन्त्रीको उम्मेदवार हुनेमा कुनै शङ्का नरहेको दाबीसमेत गरे । काँग्रेस प्रतिनिधिमण्डलको भारत भ्रमण र १४ औँ महाधिवेशनमा केन्द्रित रही रातोपाटीले महतसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

भारतको सत्तारुढ भाजपाको निमन्त्रणामा पाँच दिने भारतको भ्रमण सकेर फर्किनुभएको छ । यो भ्रमणको खास उद्देश्य के थियो ?

यो भ्रमणको मूल उद्देश्य दुई पार्टी (नेपाली काँग्रेस र भारतीय जनता पार्टी) को अन्तरक्रिया बढाउने नै हो । दुवै पार्टीका प्रतिनिधिमण्डल एक–अर्काको देशमा जाँदा एक–अर्काप्रतिको बुझाइको स्तर बढ्छ  ।

यस्तै तुइनको कुरा पनि उठाएँ । यो नेपालीको भावनासँग जोडिएको विषय हो । तल्लो तहबाट गल्ती हुन सक्छ, गल्ती भएको छ भने कमी कमजोरी भयो भन्दा एउटा सन्देश जान्छ । उहाँले हाम्रो सशस्त्र बलले आफ्नो संलग्नता भएको छैन भनेको छ भन्नुभयो । मैले भनेँ, नेपालले छानबिन गर्‍यो । त्यसको चिठ्ठी तपाईलाई पनि आएको छ ।  हाम्रो चिठ्ठी हेरेर तपाईंले पनि छानबिन गर्नुस् भन्ने कुरा उठाएँ ।

हामीले एक अर्कालाई बुझ्यौँ भने समान र साझा दृष्टिकोण बनाउन सजिलो हुन्छ । दुई देशका महत्त्वपूर्ण र अहिलेका रुलिङ पार्टीबीच हुने अन्तरक्रियाको प्रभाव सरकारमा पनि पर्छ । किनभने पार्टीकै मान्छे सरकार चलाउन जान्छन् । पार्टीकै नीतिलाई सरकारले कार्यान्वयन गर्छ । त्यसैले यस्तो अन्तरक्रिया अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ यो भ्रमण भएको हो ।

यसअघि मेरै निमन्त्रणामा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउनुभएको थियो । फेरि उहाँले हामीलाई बोलाउनुभयो । हामी गयौँ । फेरि पनि विभिन्न तहमा अन्तरक्रिया अगाडि बढाउने हाम्रो उद्देश्य हो ।

काँग्रेसको प्रतिनिधि टोलीले भारतमा पाँच दिनसम्म के कस्तो अन्तरक्रिया र भेटघाट गर्‍यो ?

भ्रमणको सिलसिलामा हामीले भाजपाका अध्यक्षलाई भेट्यौँ । भाजपाको केन्द्रीय कार्यालयमा तीन घण्टा भाजपाको महिला मोर्चा, थिङ्क ट्याङ्क लगायतसँग अन्तरक्रिया भयो । उनीहरूले कसरी काम गर्छन् भनेर बुझ्ने प्रयास गर्‍यौँ । हामीले हाम्रा कुरा पनि राख्यौँ । दुई देशका विविध विषयमा छलफल गर्‍यौँ । भारतका विदेशमन्त्री एस.जयशंकरसँग पनि भेटवार्ता भयो । त्यस क्रममा पार्टीगत कुराभन्दा पनि मूलतः दुई देशबीच साझा सरोकारका विषयमाथि छलफल गर्‍यौँ ।

भारत र नेपालबीच पछिल्लो समय सतहमा आएका विवादका सन्दर्भमा के कस्तो छलफल गर्नुभयो ?

पार्टी तहमा एक तहको कुराकानी भयो । योसँगै सरकारका प्रतिनिधिसँग पनि कुरा गर्‍यौँ । विदेशमन्त्रीसँगको भेटघाटमा नेपालको चासो र चिन्ता भएका विषयहरू बुँदागतरुपमा मैले उठाएँ । जस्तो–सीमा समस्यालाई हल गर्नुपर्छ, त्यसको माध्यम भनेको कूटनीतिक वार्ता नै हो । आज वार्ता गरेर भोलि समाधान हुन्छ भन्ने हाम्रो यो अपेक्षा छैन । तर, वार्ता प्रक्रिया सुरु गरौँ, ढिलो चाँडो नतिजा निकाल्न सकिन्छ र साझा धारणा बनाउन सकिन्छ । त्यसैले वार्ता प्रक्रिया अगाडि बढाउन हामीले अनुरोध गर्‍यौँ ।

यद्यपि लिम्पियाधुरा, लिपुलेक र कालापानी जटिल छ भन्ने कुरा उताबाट आयो । तर, मैले वार्ता प्रक्रियालाई अगाडि बढाउने कुरामा जोड दिएँ । त्यसलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ ।

अर्को, खोपको कुरा थियो । १० लाख खोपको पैसा तिरी नै सकिएको छ । त्यो चाँडै सप्लाइ गर्ने कुरा मैले उठाएँ । उहाँहरूले चाँडै नै सप्लाइ गर्छौँ भन्नुभएको छ । १० लाख मात्र होइन, नेपाललाई आवश्यकताअनुसार खोप आपूर्ति गर्छौँ भन्नुभएको छ ।

यस्तै तुइनको कुरा पनि उठाएँ । यो नेपालीको भावनासँग जोडिएको विषय हो । तल्लो तहबाट गल्ती हुन सक्छ, गल्ती भएको छ भने कमी कमजोरी भयो भन्दा एउटा सन्देश जान्छ । उहाँले हाम्रो सशस्त्र बलले आफ्नो संलग्नता भएको छैन भनेको छ भन्नुभयो । मैले भनेँ, नेपालले छानबिन गर्‍यो । त्यसको चिठ्ठी तपाईलाई पनि आएको छ ।  हाम्रो चिठ्ठी हेरेर तपाईंले पनि छानबिन गर्नुस् भन्ने कुरा उठाएँ ।

यस्तै धेरै विषयमा कुराकानी भएको छ । उहाँहरूको सुरक्षा सम्बन्धी चासो र चिन्ता थियो । हामीले त्यसमा नेपाल संवेदनशील छ, कुनै पनि छिमेकीको खिलाफमा नेपालको भूमि प्रयोग गर्ने दिने हाम्रो नीति छैन भन्ने कुरा राख्यौँ । समग्रमा भन्दा नेपालको चासो र चिन्ता भएका र सार्वजनिक रूपमा उठेका विषय उठाएको छु । उहाँले त्यसलाई एकदमै सकारात्मक रूपमा लिनुभएको छ ।

कुरा त सबैले उठाउँदै आएका छन् । तर, कार्यान्वयन हुन सकेको छैन । तपाईंले उठाएका विषयहरू केही समयमै कार्यान्वयनको तहमा जान्छन् भन्नेमा विश्वस्त हुनुहुन्छ ?

केही दिनमै साह्रा चिज सम्बोधन हुन्छन् भनेर म भन्दिनँ । खोपको सम्बोधन गर्छु भनेर स्पष्ट प्रतिबद्धता आएको छ । तुइन प्रकरण पनि गम्भीररुपमा हेर्छौँ भन्ने कुरा आएको छ । सीमा समस्या समाधानका लागि वार्ता प्रक्रिया अगाडि बढाउने कुरालाई पनि भारतका प्रतिनिधिहरूले सकारात्मक रूपमा लिनुभएको छ । हामी उठाएका विषयलाई गम्भीररुपमा लिनुभएको छ । साथै नेपालको लोकतन्त्र बलियो होस्, लोकतान्त्रिक संस्था बलियो होस् भन्ने उहाँहरूको भनाइ छ ।

यसअघि पार्टी टु पार्टी कसैसँग अन्तरक्रिया भएको थिएन । भारतीय काँग्रेस पार्टीसँग पनि पार्टी टू पार्टी सम्बन्ध विकसित गर्ने गरी प्रतिनिधिमण्डलको आदान प्रदान भएको थिएन । तर, प्रतिनिधिमण्डलको आदान प्रदान र अन्तरक्रिया महत्त्वपूर्ण कुरा हो भन्ने लाग्यो । यो सत्ताको संयोग मात्र हो ।

काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने क्रममा भारतको झुकाव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नै छ भन्ने खालको भाष्य काठमाडौँ र दिल्लीमा निर्माण भएको थियो । भ्रमणका क्रममा देउवा सरकारप्रति भारतको हेराइ र विश्लेषण कस्तो पाउनुभयो त ?

देउवा सरकारप्रति एकदम सद्भाव छ । नेपाली काँग्रेस भनेको एउटा लोकतान्त्रिक र जिम्मेवार पार्टी हो भनेर उहाँले नबुझेको कुरा होइन । जस्तो– यहाँ चर्चा र परिचर्चा चलेको छ, त्यहाँ त्यस्तो सोच भएको मैले पाइनँ । हामी पार्टीको प्रतिनिधि भएर जाँदा पनि हामीलाई महत्त्व दिएको पायौँ । हाम्रा कुरा सुन्नुभयो । अन्तरक्रिया भयो । पार्टीका उच्चस्तरीय नेतासँग पनि भेटघाट भयो । त्यसबाटै प्रष्ट हुन्छ, वर्तमान सरकार र नेपाली काँग्रेसलाई महत्त्व दिनुभएको मैले महसुस गरेको छु ।

उत्तर प्रदेशका मुख्यमन्त्रीसँग पनि हाम्रो भेट भयो । उहाँले बलियो र राष्ट्रवादी नेपाल भारतको हितमा छ भन्नुभयो । उहाँले नेपाललाई हर तवरले सहयोग गर्न तयार रहेको भन्नुभयो । नेपालको सांस्कृतिक सामाजिक धेरै तहको अन्तरसम्बन्ध छ, नेपाल मजबुत बन्नुपर्छ भन्ने कुरा नै उहाँले गर्नुभयो ।

बनारसमा पशुपतिनाथको नेपाली मन्दिरको छेउबाट विश्वनाथ करिडोर गंगा नदीसम्म बनाइँदैछ । करिडोर बनाउँदा त्यो मन्दिर सुरक्षित हुनुप–यो भन्ने कुरा उठाएको थिएँ । त्यसको सुरक्षा गर्छौँ, बरु त्यो करिडोरले त्यो मन्दिरमा आउने पहुँचमार्ग सहज भयो भन्ने कुरा राख्नुभयो । त्यसकारण उहाँहरूको कुराबाट सरकारसँग मिलेर अगाडि बढ्न खोजेको दिन्छ । कुनै पनि समस्यालाई वार्ताबाट समाधान गर्ने उहाँहरूको भावना झल्किन्छ ।

नेपालको सत्तारुढ काँग्रेसका लागि यतिबेला भारतको सत्तारुढ भाजपासँग सम्बन्ध सुधार वा अन्तरक्रिया किन आवश्यक भयो ? के बाध्यता भयो ?

बाध्यताको कुरो होइन । महत्त्वपूर्ण मित्रराष्ट्रसँग पार्टी टु पार्टी अन्तरक्रिया अगाडि बढाउने उहाँहरूको नीति रहेछ । त्यसै अन्तरगत नेपालको लोकतान्त्रिक पार्टी नेपाली काँग्रेससँग अन्तरक्रिया गरेर सम्बन्ध बढाउने उहाँहरूको सोच रह्यो । हामीले पनि त्यो सोच राखिराखेका थियौँ ।

यसअघि पार्टी टु पार्टी कसैसँग अन्तरक्रिया भएको थिएन । भारतीय काँग्रेस पार्टीसँग पनि पार्टी टू पार्टी सम्बन्ध विकसित गर्ने गरी प्रतिनिधिमण्डलको आदान प्रदान भएको थिएन । तर, प्रतिनिधिमण्डलको आदान प्रदान र अन्तरक्रिया महत्त्वपूर्ण कुरा हो भन्ने लाग्यो । यो सत्ताको संयोग मात्र हो ।

शेरबहादुर देउवा काँग्रेस सभापति बनेको करिब ६ वर्षसम्म भाजपासँग अन्तरक्रियाको प्रयास भएन । तर, १४ औँ महाधिवेशनको मुखमा अन्तरक्रियाको बहाना बनाएर तपाईंहरु भारत भ्रमणमा जानुभयो । सभापतिमा दोहोरिने देउवाको योजनाअनुसार महाधिवेशनको माहौल मिलाउन भारत जानुभएको भनेर काँग्रेसमै चर्चा हुने गरेको छ नि ? खास कुरो के हो ?

हाम्रो पार्टीको महाधिवेशन हाम्रो कुरा हो । महाधिवेशनमा यो भ्रमणको कुनै तारतम्य र सम्बन्ध छैन । त्यहाँ सम्बन्ध मिलाएर यहाँ हुने पनि होइन, त्यसको कुनै अर्थ छैन । नेपाली काँग्रेस नेपालको पार्टी हो । नेपाली काँग्रेसका प्रतिनिधिले नेतृत्व चुन्ने हो । महाधिवेशनलाई भारत र भारत सरकारसँग जोड्नु अर्थहीन कुरा हो ।

काँग्रेसको नेतृत्व काँग्रेसका प्रतिनिधिले चयन गर्ने कुरा त छँदैछ । तर, देउवा टीमलाई भाजपाले सद्भाव देखाउँदा केही सहज त हुन्छ होला ?

भाजपाको सद्भाव पार्टीप्रति हुन्छ । पार्टीसँगको सम्बन्ध विकसित गरौँ, त्यसबाट एक अर्कालाई बुझ्ने मौका पाइन्छ, एक अर्काका राम्रा कुरालाई हामीले अनुकरण गर्न सक्छौँ भन्ने कुरासँग पार्टीभित्रको महाधिवेशनले कुनै सरोकार राख्दैन । पार्टी टू पार्टी सम्बन्ध हो । पार्टी भनेको समग्र पार्टी हो नि । यसलाई पार्टीभित्रको एउटा समूहसँग जोडेर बुझ्नुहुँदैन ।

संस्थापन पक्षबाटै म उम्मेदवार बन्छु । नेतृत्व निर्विरोध हुने सम्भावना छैन । त्यसैले म त्यही टीमबाट म अगाडि बढ्छु ।

त्यसो भए महाधिवेशनमा देउवा टीमका लागि भाजपाको सदाशयता खोज्नका लागि तपाईंहरु भारत जानुभएको हैन भनेर बुझ्ने हो ?

हो । सदाशयता जनताप्रति हुन्छ । भारतीय जनताप्रति हाम्रो र नेपाली जनताप्रति भाजपाको सदाशयता हुन्छ । पार्टी टू पार्टी सम्बन्धको कुरा आउँदा एक अर्काप्रति सदाशयता हुन सक्छ । तर,  नेपालभित्रको आन्तरिक प्रतिस्पर्धा, निर्वाचन अधिवेशनसँग यसको कुनै सम्बन्ध छैन ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन प्रक्रियागतरुपमा अगाडि बढिरहेको छ । तपाईंले पनि आफ्नो गतिविधि अगाडि बढाइराख्नुभएको छ । १४ औँ महाधिवेशनलाई आफ्नो राजनीति करियरका रूपमा कसरी लिनुभएको छ ?

०२९ सालको विद्यार्थी आन्दोलनमा म ७ कक्षामा हुँदा पहिलो पटक जेल गएको हुँ । त्योबेलादेखि नेपालको हरेक लोकतान्त्रिक विद्यार्थी आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा लागेको छु । निरन्तर पार्टीसँग जोडिएर काम गरिराखेको छु । अहिले पार्टीको सहमहामन्त्री छु । आफ्नो काम सँगसँगै पार्टी अगाडि बढ्ने आकाङ्क्षा हुनु स्वाभाविक हो । अतिशयोक्तिपूर्ण कुरा गर्ने र व्यक्तिगत कुरालाई ज्यादा प्राथमिकता दिने मेरो संस्कार होइन । पार्टी बलियो भयो भने हामी बलियो हुन्छाैँ । पार्टी कमजोर हुने गरी व्यक्तिगत कुरा मैले कहिल्यै गरिनँ । पार्टी र आफूसँग सँगै अगाडि बढ्ने हो । त्यही अनुसार यो महाधिवेशनलाई लिएको छु ।

पार्टीलाई आगामी महाधिवेशनमा अझ आधुनिक ढंगले चलाउने, मूल्याङ्कन पद्धतिलाई पनि सुदृढ गर्ने, आधुनिक प्रविधिलाई पार्टीले प्रयोग गर्ने, जनतासँगको संवाद, प्रचार र संगठन निर्माण मेरो चाहना छ । दुःख र सुखमा खटेका पार्टी कार्यकर्ताको उचित मूल्याङ्कन गर्नुपर्छ । यसका लागि मैले पनि पदाधिकारीमा उम्मेदवारी दिन्छु ।

१४ औँ महाधिवेशनमा संस्थापन पक्षबाटै पदाधिकारीको उम्मेदवार बन्नुहुन्छ वा सोच्नुपर्ने अवस्थामा पुग्नुभएको छ ?

संस्थापन पक्षबाटै म उम्मेदवार बन्छु । नेतृत्व निर्विरोध हुने सम्भावना छैन । त्यसैले म त्यही टीमबाट म अगाडि बढ्छु ।

तपाईंको उम्मेदवारी के मा ?

म महामन्त्री लड्छु ।

देउवा टीममा महामन्त्रीका आकांक्षी धेरै छन् । यसमा देउवाले तपाईँलाई महामन्त्रीको उम्मेदवारका रूपमा किन छनोट गर्ने ?

यसका धेरै कारण छन् । मलाई पूरा विश्वास छ, सबै हिसाबले म महामन्त्रीको उम्मेदवार हुन्छु ।

विश्वासको कुरा गर्नु भयो । तपाईं ‘ब्याक’ हुने सम्भावना छ कि छैन ?

‘ब्याक’ हुनुपर्ने कारण नै छैन ।

अहिले उहाँ (शेरबहादुर देउवा) ले पार्टीलाई एउटा आम निर्वाचनमा जिताउने र फेरि पार्टी सभापति हुन्छु भन्ने उहाँको इच्छा छ । त्यसलाई हामी सम्मान गर्न चाहन्छौँ ।

शेरबहादुर देउवाले महामन्त्रीको उम्मेदवार बनाएपछि मात्र तपाईँको उम्मेदवारी रहन्छ कि उहाँले नबनाए पनि उम्मेदवार बन्नुहुन्छ ?

शंका उपशंका किन गर्नु हुन्छ ? शेरबहादुरजीले मलाई महामन्त्री बनाउनुहुँदैन भन्ने कसरी लाग्यो तपाईँलाई ? म महामन्त्री हुने कुरामा दुविधा छैन ।

त्यसो भए महामन्त्रीमा तपाईंको उम्मेदवारी किन ?

म ऊर्जाशील छु । कार्यकर्ताको उचित मूल्याङ्कन गर्छु । पार्टीलाई आधुनिक किसिमबाट लाने कुराको दक्षता र योग्यता मसँग छ । अन्तर्राष्ट्रिय सम्बन्ध पनि छ । विद्यार्थीकालदेखिको मेरो राजनीतिक पृष्ठभूमि पनि छ । हरेक आन्दोलनमा अग्रपंक्तिमा रहेर काम गरेको छु । अहिले सहमहामन्त्री भएर बलियो उपस्थिति जनाएको छु । पार्टीको हरेक क्रियाकलापमा मैले मेरो उपस्थिति देखाएको छु । पार्टीलाई कसरी आधुनिक बनाउन सकिन्छ भनेर मसँग भिजन छ । त्यसैले म महामन्त्री हुने कुरा स्वाभाविक हो । चाँडै यसको औपचारिक घोषण पनि गर्छु ।

युवा नेताले महामन्त्रीमा दाबी प्रस्तुत गरिराखेका छन् । चुनाव जित्ने कुरामा कत्तिको थ्रेट लिनुभएको छ ?

युवा वा प्रौढ भन्ने बहस जबरजस्त चलाइएको छ । पार्टी आवश्यकताले चल्छ , उमेरले चल्ने होइन । यद्यपि म पनि युवा नै छु । मूल कुरा नेतृत्वमा जाने मान्छेमा परिपक्वता, दुरदृष्टि, ऊर्जा, कर्मशीलता र समर्पण छ कि छैन भन्ने ठुलो कुरा हो । त्यसबाट नेतृत्वको पहिचान हुन्छ । कुनैबेला बुढाको पनि आवश्यकता पर्छ । युवाका पनि आवश्यकता पर्छ । युवामा सबै गुण छ भने युवा नै आउँछ । ऊर्जा, परिपक्वता सबै छ भने प्रौढ पनि आउँछ । त्यसैले कसैबाट थ्रेट महसुस गर्नुपर्ने कारण छैन ।

१३ औँ महाधिवेशनका देउवा टीमका केही हस्ती बाहिरिने संकेत देखिएको छ । उनीहरूलाई टीमै राख्न तपाईंले केही प्रयत्न गरिराख्नुभएको छ ?

हामी सबै प्रयत्नशील छौँ । महाधिवेशनको उम्मेदवारी दर्ता हुन धेरै बाँकी छ । त्यो बेला नआएसम्म यसले यो टीम छोडेर यो टीममा गयो भन्ने निष्कर्षमा पुग्न सकिन्न । अहिले उम्मेदवार हुन्छु भन्नेहरू पनि उम्मेदवार नहुन सक्नुहुन्छ । अहिले चुप लागेर बसेको मान्छे भोलि उम्मेदवार हुन सक्छ ।

संस्थापन पक्षमा १४ औँ महाधिवेशनमा पनि तपाईँ शेरबहादुर देउवा नेतृत्वकै टीम बनाएर जाने पक्का भएको हो ?

अहिले उहाँ (शेरबहादुर देउवा) ले पार्टीलाई एउटा आम निर्वाचनमा जिताउने र फेरि पार्टी सभापति हुन्छु भन्ने उहाँको इच्छा छ । त्यसलाई हामी सम्मान गर्न चाहन्छौँ ।

काँग्रेसका नेताहरूबाट यस्तो टिप्पणी आउनु दुर्भाग्यपूर्ण कुरा हो । मैले पनि सुनेँ । उहाँहरूले पार्टीको आन्तरिक अधिवेशनलाई मध्यनजरमा राखेर यो कुरा उठाउँदा शेरबहादुरजीलाई प्रश्न गर्न सकिन्छ भन्ने कोणबाट टिप्पणी गर्नु उपयुक्त होइन । पार्टी कार्यकर्ताले हमालजी को हो भनेर बुझेका छन् । यसलाई विवादास्पद बनाउनु राम्रो होइन ।

तपाईंहरुले शेरबहादुर देउवाको इच्छालाई सम्मान गर्ने कुरा त छँदैछ, यो करिब ६ वर्षको काम गराइको तरिका हेर्दा कार्यकर्ताले किन अनुमोदन गर्ने भन्ने प्रश्न पनि त छ नि ?

पार्टीमा कहीँ कतै कुनै कमी कमजोरी भएकै छैन, पूरै पर्फेक्ट छ  भन्नु अतिशयोक्ति हुन्छ । कतिपय अवस्थामा समयमै निर्णय भएन होला । विभागहरू समयमा बनेनन् होला । तर, पार्टी सभापतिले सबैको सहमतिमा चल्छु भन्ने सिद्धान्त अपनाउनुभयो । सबैले समयमा सहमति नगरिदिँदा कतिपय निर्णयहरू समयमा हुन सकेनन्, त्यसको दोषी शेरबहादुर देउवा मात्र होइन । अधिवेशन सम्पन्न गर्ने सिलसिलामा त सबै निर्णय सबै नेताको सहमतिमा भएको छ । उहाँले एकतालाई जोडदिनु भएको छ । एकता र सहमतिलाई जोड दिँदा समयमा निर्णय हुन सकेन । तर, पार्टी एक भएर चलेको छ । अरू पार्टी तितर–वितर भए, विभाजन भए । तर, काँग्रेस एक भएर अगाडि बढेको छ । नेपाली जनतामा काँग्रेस नै परिपक्व पार्टी हो, काँग्रेसलाई नै आम निर्वाचनमा जिताउनुपर्ने रैछ, हिजो गल्ती गरियो भन्ने भावना विकसित भएको छ । त्यसको श्रेय पनि त पार्टी नेतृत्वलाई जान्छ नि ।

केही कमी कमजोर भए पनि पार्टीलाई एकताबद्ध बनाएर जानु ठुलो कुरा हो । संसद्मा हाम्रो ६१ जना मात्र सांसद थिए । तर, त्यसका बाबजुद शेरबहादुजीले मुलुकको नेतृत्व गर्नुपर्‍यो भनेर सबैको माग आउनुले उहाँमा केही गुण रै’छ नि । पार्टीभित्र सबैलाई एक गरेर लान सक्ने र अरू पार्टीलाई पनि जोड्न सक्ने गुणका कारण पार्टीको सभापति हुनुहुन्छ । फेरि पनि उहाँ सभापति हुने स्थिति बनेको छ । उहाँमा भएको नेतृत्व क्षमता र दूरदर्शितालाई हामीले सम्मान गर्नुपर्छ ।

काँग्रेस र राष्ट्रिय राजनीतिमा शेरबहादुर देउवाको फेरि पनि आवश्यकता छ भन्न खोज्नुभएको हो ?

आवश्यकता महसुस गरेर नै उहाँलाई तपाई प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर अरू पार्टी आएर आग्रह गरे । करिब बहुमत प्राप्त गरेका एमालेको एउटा घटक आएर भन्यो । एउटै कम्युनिस्ट पार्टी बनाएका त्यो पार्टी छोडेर प्रचण्डजीले भन्नुभयो । उपेन्द्र यादवजीले भन्नुभयो । अरू अरूले भने । उहाँमा नेतृत्वगत गुण नभइकन कसैले नेतृत्व गर्नुस् भन्दैन नि । त्यस कारण उहाँले एकपटक पार्टीलाई आम चुनावमा जिताएर बाहिरिन चाहन्छु भन्ने कुरालाई हामीले सम्मान गर्नुपर्छ ।

तर, शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको काम गर्ने तौरतरिका र विवादित निर्णयले फेरि काँग्रेसले पराजय भोग्दैन भन्न सकिएला र ?

त्यस्तो हुँदैन । हामीसँग ६१ सांसद थिए । सबैलाई सहमतिमा नल्याएर सरकारले पूर्णता पाउने अवस्था थिएन । समयमा सरकारले पूर्णता नपाएको कुरा हामीलाई पनि यो चित्त बुझिरहेको थिएन । तर, यो सरकार आएपछि धेरैले खोप लगाउन पाउनुभएको छ । अस्तव्यस्त बनेको नेपाली जनताको जीवन सहज र सामान्य बन्दै गएको छ । यो पनि त ठुलो उपलब्धि हो । ओली सरकारमा जुन बेथिति र भ्रष्टाचार थियो, त्यो बन्द भएको छ । बेथिति बन्द हुनु पनि त ठुलो कुरो हो ।

तपाईंले ओली सरकारमा भएका बेथिति बन्द भए भन्नुभयो । तर, देउवाको छनक हेर्दा त ओली पथमै गएको देखिन्छ नि ?

के छ त्यस्तो ? प्रधानमन्त्री के गर्नुभयो ?

मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा गजेन्द्र हमालको नियुक्तिलाई हेर्दा पर्याप्त हुँदैन र ?

हमालजी को हो भनेर धेरैलाई थाहा छैन । हमालजीको परिवार भनेको नेपालगञ्जको काँग्रेसको खम्बा हो । उहाँ जिल्लामा पार्टी नेतृत्वमै हुनुहुन्थ्यो । उहाँको परिवार अत्यन्तै सम्मानित छ । बाँकेमा काँग्रेस साह्रै हार्दा पनि उहाँको भाइ सुरेन्द्र हमाल मात्र प्रदेशमा जित्नु भएको छ । उहाँ काँग्रेसी परिवार हो । काँग्रेसमा ठुलो योगदान भएको गजेन्द्र हमालजी मन्त्री हुँदा कोसँग कहाँ नाता परेको थियो भन्ने जोडेर विवाद गरियो । उहाँ आत्मा स्वाभिमान भएको मान्छे हो । काँग्रेसी हुँ, तर विवाद हुन्छ भने म बस्न चाहन्नँ भनेर राजीनामा दिनुभयो ।

तपाईं गजेन्द्र हमालको राजनीतिक पृष्ठभूमि सुनाउनुहुन्छ । तर, काँग्रेसकै शीर्ष नेताले गजेन्द्र हमाललाई मन्त्री बनाएर लोकतन्त्रको हत्या गरियो भन्ने टिप्पणी गरिराख्नुभएको छ नि ?

काँग्रेसका नेताहरूबाट यस्तो टिप्पणी आउनु दुर्भाग्यपूर्ण कुरा हो । मैले पनि सुनेँ । उहाँहरूले पार्टीको आन्तरिक अधिवेशनलाई मध्यनजरमा राखेर यो कुरा उठाउँदा शेरबहादुरजीलाई प्रश्न गर्न सकिन्छ भन्ने कोणबाट टिप्पणी गर्नु उपयुक्त होइन । पार्टी कार्यकर्ताले हमालजी को हो भनेर बुझेका छन् । यसलाई विवादास्पद बनाउनु राम्रो होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप