कुरानको अपमान गरेको भन्दै बंगलादेशमा साम्प्रदायिक हिंसा : कम्तीमा ७ जनाको मृत्यु
साम्प्रादिक हिंसाबीच बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन प्रदर्शनको आयोजना गरिएको छ । मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई एक हिन्दु मन्दिरको मूर्तिको खुट्टा मुनि राखेको तस्विर भाइरल भएपछि देशभर हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् । देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड भएका छन् ।
शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए । शुक्रबार सोही स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । उनीहरुले इस्लामका दुश्मनहरुलाई सजाय दिन र दोषीलाई झुण्डाउन माग गर्दै नाराबाजी गरेका थिए ।
द गार्जियानका अनुसार पछिल्लो हिंसामा कम्तिामा ७ जनाले ज्यान गुमाइसकेका छन् । हिन्दुहरुमाथि आक्रमण बढेपछि हिन्दु समुदायका कबिर १ हजार जनाले पनि प्रदर्शन गरेका छन् । बंगलादेशमा कूल जनसंख्याको करिब ९ प्रतिशत हिन्दु रहेका छन् ।
यता, बीबीसीका अनुसार बंगलादेशका सूचना एवम् प्रशारण मन्त्री हसन महमूदले कोमिल्लामा कुरानको कथित अपमानलाई लिएर भएको हिंसामा बंगलादेशको नेशनलिस्ट पार्टीलाई जिम्मेवार बताएका छन् । ‘मिर्जा फखरुलको बयानले साबित हुन्छ कि बीएनपी–जमात साम्प्रदायिकता भड्काउन सामिल रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन