हाइटीमा १७ जना अमेरिकी मिसनरी अपहरित
आइतबार, ३१ असोज २०७८, ११ : २५
हाइटीको राजधानीबाट १७ जना अमेरिकी क्रिस्चियन मिसनरीहरू अपहरणमा परेका छन् । मिडिया रिपोर्टका अनुसार स्थानीय ग्याङले बालबालिकासमेतलाई अपहरण गरेका हुन् । न्युयोर्क टाइम्सले पोर्ट–एउ–प्रिन्सका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उनीहरू शनिबार एक बसबाट अपहरणमा परेको जनाएको छ । सो समूह अनाथालयबाट केही सदस्यहरूलाई विमानस्थल छाड्न गइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
एएफपी समाचार एजेन्सीले पनि सुरक्षा स्रोतको हवाला दिँदै उनीहरूलाई सशस्त्र समूहले अपहरण गरेको जानकारी दिएको छ । सो समय लामो समयदेखि राजधानी र डोमेनिकन रिपब्लिकको सीमामा चोरी र अपहरणमा संलग्न हुँदै आएको बताइएको छ । अमेरिकी सरकारका प्रवक्ताले अपहरणको समाचारबारे आफूहरू जानकार रहेको र विदेशमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफूहरूको प्रमुख प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
-
विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ