शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा एक पुरुषको शव फेला

आइतबार, ३१ असोज २०७८, १० : २०
आइतबार, ३१ असोज २०७८

धनुषामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

आइतबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । सो शव झाडीमा फेला परेको र अहिले कुकुरसहितको टोलीले अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप