मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गए रातिको वर्षाले मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

आइतबार, ३१ असोज २०७८, ०९ : ५०
आइतबार, ३१ असोज २०७८

गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटर बाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटर बाटो बनाइएको थियो । मोटर बाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए । 

उनले  मौसम सुधार आउने बित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताए । यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताउनुभयो छ । असार १ र साउन १६ गते आएको बाढीका कारण  सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप