मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप आजदेखि, क्वालिफायर राउन्डका खेलहरु हुँदै

आइतबार, ३१ असोज २०७८, ०७ : ४२
आइतबार, ३१ असोज २०७८

सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान र पपुआ न्यू गिनी तथा बंगलादेश र स्कटल्याण्डबीच खेल हुनेछन् । क्वालिफायर राउन्डमा ८ टोलीलाई दुई समूहमा विभाजित गरिएका छन् । दुवै समूहका शीर्ष दुई टोली विश्वकपको मुख्य समूह चरणका खेलहरु छनोट हुनेछन् ।

ओमान क्वालिफायरमा स्थान पक्का गर्ने अन्तिम टोली थियो । उसले हङकङलाई हराउँदै टी–२० विश्वकपमा स्थान बनाएको हो । उता, पपुवा न्यू गिनीको टोली भने सेप्टेम्बरमा नै ओमान पुगेको थियो । उसले राम्रो तयारी गरेको छ । 

यता, स्कटल्याण्ड र बंगलादेश दुवै समूह चरणमा प्रवेश गर्ने टोलीका दाबेदार हन् । त्यही भएर दुई टोलीको भिडन्त रोचक हुने अनुमान गरिएको छ । बंगलादेश पछिल्लो समय टी–२० खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । उसले घरेलु मैदानमा खेलिएका टी–२० शृङ्खलामा अस्ट्रेलिया र न्युजिल्याण्डलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप