चेल्सी पुनः शीर्ष स्थानमा
आइतबार, ३१ असोज २०७८, ०७ : ३१
ब्रेन्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै चेल्सी पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १–० गोलले हरायो ।
खेलमा बेन चिलवेलले पहिलो हाफको अन्त्यमा गरेको एक मात्र गोल निर्णाक बन्यो । पछिल्ला ३ खेलमा उनले क्लब र देशका तीन गोल गर्न सफल भएका छन् । गोलपछि घरेलु टोली ब्रेन्टफोर्डले दोस्रो हाफमा चेल्सीमाथि निरन्तर दबाब राखेको थियो । तर, त्यसलाई रोक्दै चेल्सीले तीन अंक बटुल्न सफल रह्यो ।
शनिबार नै वाटफोर्डलाई पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको थियो । ८ खेलपछि चेल्सीको १९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको १८ अंक रहेको छ । १७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा रहेको ब्राइटनको १५ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ