शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा एक जना हतियारसहित पक्राउ

आइतबार, ३१ असोज २०७८, ०६ : ४५
आइतबार, ३१ असोज २०७८

सर्लाहीमा एक जना हातहतियार सहित पक्राउ परेका छन् । सर्लाहीको बलरा नगरपालिका ३ स्थित लक्ष्मीपुरका नवनीत झा हतियारसहित पक्राउ परेका हुन् । छिमेकी विनय झासँग नवनीत झाको सामान्य झगडा हुँदा नवनीत झाले पेस्तोल निकालेपछि गाउँलेहरुले नवनीतबाट पेस्तोल खोसेर प्रहरीलाई जिम्मा लगाइएको छ ।

इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक मोहन कटुवालका अनुसार गाउँमा भएको सामान्य विवादमा पेस्तोल निकाली गाउँलेलाई ताक्ने नवनीत झालाई पेस्तोल र मैग्जिनसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका नवनीत झालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको कटुवालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप