भारतीय सेनाको ३९ सदस्यीय टोली नेपाल आउँदै
भारतीय सेनाको रियल एडमिरल धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली आइतबार नेपाल आउने भएका छन् । नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्समा सहभागीहरू लगायतको टोलीले कार्त्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
भ्रमणको सिलसिलामा टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छन् । ७ दिवसीय भ्रमणको कार्यक्रम रहेको उक्त टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् । यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरिको भ्रमणलगायत नारायणहिटी सङ्ग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा सञ्चालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरू पनि मित्रराष्ट्रहरूको भ्रमण गर्ने परम्परा रही आएको नेपाली सेनाको भनाइ छ । छिमेकी राष्ट्रका सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा