मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

थिमिको कुभिण्डेजात्रा सम्पन्न

शनिबार, ३० असोज २०७८, २० : १३
शनिबार, ३० असोज २०७८

दसैँको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने कुभिण्डेजात्रा (नेवार भाषामा खाँः भनेर चिनिने) घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु भई आज सम्पन्न भएको छ । 

जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई एकादशीमा बाजागाजासाथ विगुल फुक्दै लायकू दरबारबाट दिगु भैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो । 

आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको सङ्लग्नतामा जात्रा सम्पन्न गरिएकोे हो ।बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा)ले कुभिण्डो काटेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिसमेतको काम गर्ने जनविश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप