छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष
रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन्। उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।
उनले सो रकम बराबरको चेक शनिबार नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । शनिबार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक हस्तान्तरण गरिएको हो ।
सो रकम कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सहयोगदाता कँडेलले बताए । साथै अध्यक्ष कँडेलले यसभन्दा अघि पनि रामतुलसी माविमा आफ्ना पिता तारानाथ कँडेल र माता तिलमाया कँडेलका नाममा रु ५१ हजार ४७० रकम बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेका छन् ।
साथै उनले यहाँको दरैठाँटी माविमा पनि मातापिताका नाममा रु ५१ हजार ६०६ बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिए । “आफूले जीवनमा कमाई गरेको केही रकमले शैक्षिक क्षेत्रमा लगानी गर्ने मनसायले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हुँ, अहिले स्थापना गरेको कोषमा रकम थप गर्दै जानेछु, शैक्षिक क्षेत्रमा लगानी गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,” कँडेलले भने ।
विद्यालयका प्रधानाध्यापक लम्सालले विद्यालयमा हालसम्म विभिन्न व्यक्तिबाट करिब २० लाख बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना भएको जानकारी दिँदै यसरी विद्यालयलाई सहयोग गरेका सबै सहयोगदातालाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली